न्यूरोडस्थित नगद बचत तथा ऋण सहकारी संस्था आर्थिक संकटमा

२७ आश्विन २०७९, बिहीबार ०६:२९

काठमाडौंको न्यूरोडस्थित नगद बचत तथा ऋण सहकारी संस्था आर्थिक संकटमा परेको छ । उक्त संस्था बन्द हुने अबस्थामा पुगेको छ । सहकारीमा रकम नभएपछि सहकारी संस्था बन्द हुने अबस्थामा पुगेको हो । यसका कार्यकारी अधिकृत जयराम घिमिरे हुन् । उनका सहकारी संगसंगै अरु व्यबसाय पनि छन् । उनले सहकारीमा रहेको रकम जग्गामा र शेयर बजारमा लगाएका कारण सहकारीमा समस्या आएको हो । कर्मचारीलाई तलव समेत खुवाउन नसकेपछि सर्बसाधारणको रकम भुक्तानी गर्न नसक्ने अबस्था आएपछि एकैपटक ३ जना कर्मचारीले जागिर छोडेका छन् ।अरु कर्मचारीहरु तनावमा छन् । उक्त सहकारीले हाल करिव २० करोड रुपैयाँ अपचलन गरेको छ । रकम अभावले निक्षेपकर्ताको रकम भुक्तानी गर्न सक्ने अबस्था छैन । पछिल्लो समय सहकारीसंस्थाहरु समस्याम परेका छन् । बजारमा तरलताको अभाव हुँदा र घरजग्गामा मन्दी आउँदा सहकारीहरु समस्याग्रस्थ देखिएका हुन् । केही समय अघि मात्रै काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्येश्य सहकारी संस्था डुवेको थियो । सहकारीको रकम अपचलन गरेर ब्यक्तिगत प्रयोग गरेकै कारण सिभिल सहकारीका इच्छाराज तामाडले जेल सजाय भोगिरहेका छन् । त्यस अघि ओरेन्टल सहकारी डुवाएका जग्गा व्यबसायीसुधिर बस्नेत जेलमै छन् । सहकारी संस्थामा प्रभावकारी नियमनकारी निकाय छैन । सहकारी विभागले हाल सहकारी क्षेत्रको नियमन गर्दै आएको छ । तथापी स्थानीय ऐनले भने स्थानीय तहलाई सहकारी हेरदेख गर्ने भनेको छ । तरलता अभाव र जग्गामा लगानी एउटा कारण भएको छ भने संचालक आफैले सहकारीको रकमबाट व्यासाय संचालन गरेका कारण प्राय त्यस्ता सहकारीहरु बढी समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *