कुमारी बैंकको साधारणसभा कार्तिक २१ गते
काठमाडौं । कुमारी बैंकको बाईसौ बार्षिक साधारणसभा कार्तिक २१ गते बस्ने भएको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।
सभा कुमारी बैंक लिमिटेड, नक्साल (प्रहरी प्रधान कार्यालय पेट्रोल पम्प अगाडी) काठमाडौंमा विहान ११ बजे बस्नेछ ।
उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७८÷०७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने, संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित चुक्ता पूँजीको १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने छलफलहरु गर्नेछ ।
यसका साथै, बैंकले आ.व. २०७८/०७९ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५(१) (ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा मर्जरमा जाने तथा प्राप्ति गर्न सञ्चालक समतिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुन, नयाँ मर्जर समिति गठन गर्ने तथा अन्य छलफल सभामा बैंकले गर्नेछ ।
भबिष्यमा अन्य कुनै मर्चेन्ट बैकिङसँग गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा वा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्नु पर्ने भएमा सो संग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गर्ने तथा अन्य छलफलहरु कम्पनीले गर्नेछ ।