एक सातामै १७ अर्बले घट्यो बैंकहरुको निक्षेप, सीडी रेसियो बढ्यो
१७ कार्तिक २०७९, बिहीबार ०१:०१
पछिल्लो एक सातमा वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एशोसिएशन (एनबीए) का अनुसार कार्त्तिकको पहिलो साताको तुलनामा दोश्रो सातामा १७ अर्बले निक्षेप घटेको हो ।
कार्त्तिक पहिलो साता ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप घटेर ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको हो । यता कर्जा लगानी भने स्थीर अर्थात ४२ खर्ब २५ अर्ब रुपैयाँ छ ।
कार्त्तिक लागेसँगै बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले घटीसकेको छ । कर्जा लगानी भने ५ अर्ब रुपैयाँले बढेको छ । असोजको अन्तिम सातामा बैंकहरुमा ४५ खर्ब ४७ अर्ब निक्षेप संकलन भएको थियो भने ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो ।
त्यस्तै, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि बढ्दो छ । कार्त्तिकको पहिलो साता ८७.२३ प्रतिशत रहेको उक्त रेसियो दोश्रो सातामा बढेर ८७.५८ प्रतिशत पुगेको छ ।