प्रभु बैंकका सिइओ सेरचन र डिसिओ पोख्रेल नक्कली कर्जामा मुछिए
काठमाडौं । प्रभु बैंकले हजारौँ नेपाली विद्यार्थीहरुलाई नक्कली शैक्षिक कर्जाको डकुमेन्ट दिएर कमीशन खाएपछि अष्ट्रेलीया र युरोप जाने विद्यार्थीहरु अलपत्र परेका छन् । प्रभु बैंकबाट शैक्षिक कर्जा लिएर विदेश अध्ययनका लागि जान खोज्ने कैयौं विद्याथीलाई अस्ट्रेलियन सरकारले भिसा रोकेको छ । उता नक्कली डकुमेन्ट पत्ता लागेपछि यूरोप अध्ययन जाने विद्यार्थीहरुलाई भने अध्यागमन विभागल नै फर्काएको छ । सन् २०२२ को जनवरी २१ तारिखमा प्रभु बैंकको शैक्षिक कर्जा नक्कली भएको भन्दै एक सयभन्दा बढी विद्यार्थीलाई बेलायतको म्यान्चेस्टर एयरपोर्टबाटै त्यहाँको अध्यागमनले फिर्ता पठाएको थियो । प्रभु बैंकका सीईओ अशोक शेरचनले चर्को कमिसन लिएर केही शैक्षिक परामर्श व्यवसायीसँग नक्कली डकुमेन्ट बनाउने संझौता गरेको पाइएको छ । विद्यार्थीबाट नेपाल राष्ट्र बैंकले तोकेको सेवा शुल्क लिएर नक्कली कर्जा प्रमाणपत्र बनाउँदै विद्यार्थीको हातमा सक्कली हो भनेर थमाएकै कारण विद्यार्थीहरु अलपत्र पर्ने गरेका छन् । बैंकले एक जना विद्यार्थी बराबर ४० लाख रुपैयाँ कर्जाको स्वीकृति पत्र बनाउने गरेको छ । त्यस्तो कर्जा कन्सल्टेन्सी मार्फत अरु ठाउँमा लगानी गर्ने र विद्यार्थीलाई नक्कली डकुमेन्ट बनाएर पठाउने गरिएको छ । त्यस्तो कर्जा स्वीकृतिको प्रमाणपत्र पाएपछि विद्यार्थीहरुले त्यस बापत ५ लाख रुपैयाँ बैंकलाई अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ । त्यस्तो भुक्तानी शैक्षिक परामर्श केन्द्र मार्फत हुने गर्दछ । बाँकी कर्जाको रकम भने विद्यार्थीले एकबर्षपछि क्रमश भूक्तानी गर्दै जानुपर्ने हुन्छ । विदेशमा अध्ययन गर्ने कलेजसँग परामर्श केन्द्रले चाँजोमाजो मिलाउने र बैंकको सिइओ अशोक सेरचनले स्वीकृत गर्ने तथा डेपुटी सिइओ मनिराम पोख्रेलले त्यसको व्यबस्थापनको जिम्मा लिने गरेका छन् । विद्यार्थीको भिसा रोक्का र अध्यागमन विभागबाट विद्यार्थीनै फिर्ता हुनुपरेपछि बैंकका सिइओ सेरचन तनावमा रहेका छन् । यसबारेमा पूर्ण रिपोर्ट अर्को अंकमा प्रस्तुत गरिने छ ।