बिपिडब्लु लघुवित्तको आईपिओ बाँडफाँड: ८ हजार ९५ जनाले पाए शेयर, १५ सय जनाको आवेदन रद्द

३ चैत्र २०७९, शुक्रबार ०७:२३

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपिओ बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटलले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो।

जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ ।

मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ५८ हजार २ सय ७८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ।

जस अनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हातखाली भएका छन् ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट न्रिजा हेर्न सकिने छ ।

जस अनुसार बिक्रि प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले फागुन १८ देखि २३ गतेसम्म आम सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले यस अघि नै नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले पुस ४ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

हाल कम्पनीको जारी पुँजी ३ करोड रहेकोले कम्पनीले आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ३ करोड पुग्ने छ ।

लघुवित्तले सामुदायिक लघुवित्तसँग मर्जरको लागि सम्झौता गरिसकेको छ ।

आईपिओ निष्काशन गरेर मर्जर प्रक्रियामा जाने कम्पनीले निर्णय गरेको थियो। कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *