सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२४ श्रावण २०७८, आईतवार ०६:०५

२४ साउन, काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि साउन २० गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (साउन २४ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशनमा ल्याएको कुल ६० लाख कित्ता सेयरमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३र३ लाख कित्ता गरी ६ लाख कित्ता छुट्टाएको छ । त्यसपछि बाँकी रहेको ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिक्तम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *