सुनको मुल्य १५ सय रुपैंयाले घट्यो, तोलाको कति पुग्यो ?

२४ श्रावण २०७८, आईतवार ०८:३४

 

 

२४ साउन,काठमाडौं ।नेपाली बजारमा आज सुनको तोलामा १ हजार ५ सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९० हजार रुपैयाँमा झरेको हो ।

यस्तै तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको आजको कारोबार मूल्य ८९ हजार ५५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा काराबोर भइरहेको छ । चाँदीको शुक्रबार एक हजार २६५ रुपैयाँ कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds