मैलुङ खोला जलविद्युत कम्पनीको आईपिओ बाडँफाँड, कस्लाई कति हेर्नुुुस नतिजा सहित

२६ श्रावण २०७८, मंगलवार ०९:२९

२६ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज बिहान सम्पन्न भएको छ ।

सो (आईपीओ) को प्रि अलटमेन्ट साउन २४ गते, आइतबार भए पनि बाँडफाँडको काम आज मंगलबार बिहान ९ बजे बिक्री प्रबन्धन सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो ।

सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेकाछन् भने १० कित्ता भन्दा बढिका लागि आवेदन दिने आवेदकहरु मध्यबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका हुन् ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सर्वसाधरणहरुका लागि छुट्याएको छ ।

रिजल्ट हेर्ने तरिका

आईपिओ बाँडफाँडको काम सम्पन्न भईसके तापनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपिओको नतिजा हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको जततउकस्ररष्उयचभकगति।अमकअ।अयm।लउ नामक वेभसाइटबाट, सिद्धार्थ क्यापिटल लिमिटेडको वेभसाइट जततउकस्ररधधध।कष्ममजबचतजबअबउष्तब।िअयm,, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको वेभसाइट जततउकस्ररmबष्गिलनपजयबि।अयm र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *