अर्थमन्त्री महतले गभर्नरलाई भने, ‘सहकार्य गरेर समस्या समाधान गरौँ’

१९ चैत्र २०७९, आईतवार ०८:५७

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग सहकार्य गरेर अहिलेको समस्या समाधान गर्ने बताएका छन्। उनले वित्तीय क्षेत्रमा देखिएका समस्याहरु मिलेर हल गर्ने बताएका हुन्। सोही क्रममा अर्थ मन्त्रालय पुगेका गभर्नर अधिकारीलाई लघुवित्तदेखि सहकारीसम्ममा देखिएको समस्या राज्यको संयन्त्रले मिलेर हल गर्नुपर्ने बताएका हुन्।

अर्थमन्त्री र गभर्नरको सम्बन्धबारे यसअघि पनि चर्चा हुने गरेको थियो। जनार्दन शर्मा अर्थमन्त्री हुँदा गभर्नर अधिकारीसँग सम्बन्ध बिग्रिएको थियो। त्यस समयमा सरकारले गभर्नरलाई बर्खास्त समेत गरेको थियो। तर अदालतबाट उनी फिर्ता आएका थिए।

विष्णु पौडेल अर्थमन्त्री हुँदा भने गभर्नरको सम्बन्ध राम्रो थियो। त्यस समयमा हरेक विषयको छलफलमा विष्णु पौडेलसँग गभर्नर रहने गरेका थिए। महतले आज कार्यभार सम्हालेको दिन सम्बन्ध राम्रो बनाएर अघि बढ्ने संकेत गरेका छन्।

नगद प्रवाहसम्बन्धी समिति गठन गर्ने पहिलो निर्णय

अर्थमन्त्री डा. प्रकाशशरण महतले शीतल निवासमा शपथग्रणहलगत्तै सिंहदरबार पुगेर पदभार ग्रहग गरेका छन्। पदभार ग्नहण गर्दै मन्त्री महतले पहिलो निर्णयका रुपमा नगद प्रवाहसम्बन्धी समति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन्। सरकारको नगद प्रावाह अनुसार हरेक महिना कति आम्दानी भयो? कति खर्च भयो? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने हुन्छ।
त्यसमा आधारित रहेर समिति गठन गर्ने निर्णय अर्थमन्त्री महतले गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *