लकडाउनमा थप कडाई राति ८ बजेपछि सवारीसाधन चलाउन रोक

२८ श्रावण २०७८, बिहीबार ०५:२२

साउन २८, काठमाडौं । आजदेखि लकडाउनमा थप कडाई गरि राति ८ बजे पछि निजी तथा सार्बजानिक सवारी साधन गुडाउन रोक लगाईने छ ।

आजबाट बेलुुका ८ बजेपछि अत्यावश्यक बाहेक सबै सवारी साधन चलाउन रोक लगाईने भएको छ । यो नियम भदौ ८ गतेसम्को लागि लागु हुने छ ।

पछिल्लो समय काठमाडौं लगाएत देशका बिभिन्न भागहरुमा कोभिड १९ को संक्रमण बढेसगैं लकडाउनमा थप कडाई गरिएको छ । काठमाडौं उपत्यका प्रमुख जिल्ला अधिकारीहरुका अनुसार निर्माण सामग्री ढुवानीका लागि भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न भनिएको छ ।

पसलहरु पनि साँझ ७ बजे बन्द गरिसक्नुपर्ने छ भने सञ्चालनको समयमा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *