तनहुँ १ मा गोविन्दले ५ हजार कटाउँदा स्वर्णिमले कटाए १० हजार
आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता कायमै राखेका छन् ।
गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १०ः१५ बजेसम्म १८ हजार ६६१ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन् ।
कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो ।
जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।
आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।