सीजी मोटर्सका ईभी खरीदमा कामना सेवा विकास बैंकको कर्जा

२४ भाद्र २०८०, आईतवार ०५:३५

कामना सेवा विकास बैंकले शुक्रवार सीजी मोटर्स प्रालिसँग कर्जासम्बन्धी सम्झौता गरेको छ । बैंकले सीजीका विद्युतीय सवारीसाधन (ईभी) खरीद गर्ने ग्राहकलाई सरल तथा सुलभ कर्जा उपलब्ध गराउने भएको हो । यस सम्झौतामा बैंकका नायव कार्यकारी अधिकृत विनय दाहाल र सीजी मोटर्सका कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात् सीजी मोटर्सका ईभी खरीद गर्ने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल र सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *