कृषि विकास बैंकको नयाँ Version ADBL Smart +को मोवाईल बैंकिङ सुरुवात

कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिएको छ । Digitally ADBL भन्ने नाराका साथ विद्युतिय माध्यमबाट हुने कारोवारलाई प्राथमिकता साथ संचालन तथा परिमार्जन गरि रहेको छ ।
शुक्रबारबाट गतेबाट यस बैंकको मोवाईल बैकिङ सिस्टम Upgrade गरेको छ । यस बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसावले आकर्षक Interface सहित मोवाईल बैंकिङको नयाँ Version ADBL Smart+ जारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए । बैंकको नयाँ version ADBL Smart+ मोवाईल बैंकिङमा निम्न वमोजिमका सुविधाहरु रहने बैंकले जनाएको छ ।
– मोवाईल बैंकिङको युजर पासवर्ड प्रयोग गरी Web बाट Login गर्न सकिने र यसरी Login गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सिमा कायम हुने ।
– बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्धती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरुको व्याजदर, कारोवार रकम तथा Maturity date हेर्न सकिने ।
– विभिन्न वालेटहरुमा व्यालेन्स लोड गरी कारोवार गर्न सकिने ।
– मोवाईलको Layout मा पर्याप्त ध्यान दिई सेवाग्राहिका लागि सजिलो UserInterface तयार गरिएको ।
– ग्राहक सेवामा देखिएका समस्याहरु तथा जानकारीहरु सम्प्रेषण गर्न सकिने गरी Customer Feedback सम्वन्धि व्यवस्था गरिएको ।
– कारोवारको DisputeLodge गर्न सकिने
– बैंकले उपलब्ध गराएको डेविट कार्ड हराएमा वा चोरी भएमा मोवाईल बैंकिङबाट कार्ड Block का लागि अनुरोध गर्न सकिने ।
– डेविट कार्डको पिन विर्सेमा पुनः अनुरोध गर्न सकिने ।
– चेक वुक तथा बैंक विवरण अनुरोध गर्न सकिने ।
– वचत खातामा भएको रकमबाट मुद्धती खाता खोल्न सकिने ।
– रजिष्ट्रेशन गर्दाका वखतनै विभिन्न Question हरु Set गरी मोवाईल बैंकिङ कारोवारलाई थप सुरक्षीत गर्न सकिने ।
– Two Way Authentication गरी कारोवारको सुरक्षा गर्न सकिने ।
– खातावालाको प्रोफाइल, खाताको विवरण, कारोवारको विवरण लगायत अन्य QuickPayments सम्वन्धि Features हरु थप भएको ।
– बैंकका विभिन्न सेवाहरुको जानकारी प्राप्त गर्न सकिने व्यवस्था भएको ।
– विभिन्न Merchant हरुको विल भुक्तानी गर्न सकिने ।
– OnlineAccount व्याजदर, व्रान्च नेटवर्क लगायत बैंकका विभिन्न सेवाहरुको जानकारी लिन सकिने
– रजिष्टरर्ड मोवाइलबाट ग्राहकले मोवाईल बैंकिङ सेवा वन्द गर्न चाहेमा Block लेखि ३२४२५ मा SMS पठाएर सेवा रोक्का गर्न सकिने ।