९ करोड लगानीमा हल खाल्दै दिपा दिपक

२८ श्रावण २०७८, बिहीबार ०९:३३

 

पछिल्लो समय नेपाल चलचित्र उद्योगलाई ब्लकबस्टर मुभी दिएका निर्माता तथा हास्यकालाकार दिपकराज गिरी र उनको टिमले हलमा लगानी गरेको छ । दिपकराज गिरी उनको टिम तथा केहि व्यवसायि मिलेर बानेश्बरमा हल सञ्चालनमा ल्याउन लागेको हो ।

अहिले हलको निर्माण कार्य भइरहेको छ । हल बन्द भईरहेको अवस्थामा हल निर्माण तथा सञ्चालन गर्ने खबरले सम्पुर्ण चलचित्र क्षेत्रमा सकारात्मक सन्देश जाने बिश्वास दिपकराज गिरीले लिएका छन् । यो कोभिड महामारी नभएको भए दशै सम्म हल सञ्चालनमा आउने थियो तर अबको टार्गेट नयाँ बर्ष रहेको उनले बताएका छन् । यहि क्षेत्रबाट आम्दानी गरेको र यहि क्षेत्रमा लगानी गर्ने उनले बताएका छन् ।

चलचित्र क्षेत्र सबैभन्दा बढि जोखिम भएको क्षेत्र भएता पनि यहाँ भन्दा बाहेक अन्य क्षेत्रमा आईडिया नभएकाले यहि लगानी गर्ने उनले बताए । यस हलमा २ वटा पर्दा, २ २ वटा सिट रहने साथै दर्शकहरुले अत्याधुनिक प्रविधि सहित फिल्म हेर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *