राष्ट्रिय स्तरका विकास बैंकको नाफा १०.९८ प्रतिशत घट्यो, कुनले कति कमाए ?
राष्ट्रिय स्तरका आठ विकास बैंकले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरणअनुसार यी आठ बैंकले कुल रू. २ अर्ब २५ करोड नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको दोस्रोे त्रैमासको तुलनामा १० दशलमव ९८ प्रतिशत घटेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा यी बैंकले कुल रू. २ अर्ब ५३ करोडभन्दा बढी नाफा कमाएका थिए ।
३ ओटाको नाफा बढ्यो, ५ ओटाको घट्यो
यी आठ बैंकमध्ये तीन बैंकको नाफा वृद्धि भएको छ भने बाँकी सबैको घटेको छ । ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र गरिमा विकास बैंकको नाफा बढेको हो । यी तीन बैंकमध्ये प्रतिशतका आधारमा सर्वाधिक नाफा वृद्धि हुनेमा ज्योति विकास बैंक छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैंकको नाफा १९० प्रतिशत वृद्धि भएको छ । गत आवमा बैंकले रू. ३ करोड ४७ लाख नाफा कमाएकोमा चालू आवमा रू. १० करोड १० लाख पुगेको हो ।
गरिमाको सबैभन्दा बढी, सांग्रिलाको सबैभन्दा कम
दोस्रो त्रैमाससम्ममा आठ बैंकमध्ये गरिमा विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । यस बैंकले रू. ५१ करोड २५ लाख नाफा कमाएको हो । यो सूचीमा दोस्रोमा मुक्तिनाथ विकास बैंक छ । बैंकले रू. ४२ करोड नाफा कमाएको हो ।
यी बैंकहरूमध्ये सबैभन्दा कम नाफा कमाउनेमा साग्रिला डेभलपमेन्ट बैंक छ । बैंकले रू. १० करोड २ लाख नाफा कमाएको हो ।