सेयर बजारमा महिलाको सहभागिता ; जिवनस्तर वृद्धिमा सहयोग

२९ श्रावण २०७८, शुक्रबार ०५:५५

 

काठमाडौं । लगभग २ बर्ष अगाडि सम्म पनि सेयर बजार भनेको व्यवसायिक धनाढ्य हाई क्लास वालाहरुको लगानी गर्ने स्थानको रुपमा बुझिन्थ्यो । तर समयक्रममा आएको बदलाब संगै मान्छेहरुको मानसिकता पनि परिवर्तन भईरहेको छ । पुँजि बजारमा अहिले लगभग ४० लाख डि म्याट खाता सक्रिय जसमध्ये १६ लाखको हाराहारीमा महिलाको सहभागीता छ । १६ लाख महिलाको सहभागिताले घर–घरमा सशक्तीकरण र अभूतपूर्व वित्तीय साक्षरता पुर्याइरहेको छ । तर, यसको जोखिम पनि उत्तिकै छ ।

विश्व शेयर बजारलाई तुलनात्मक हेर्ने हो भने महिलाको संख्या पुरुषको तुलनामा ज्यादै कम छ । नेपालको सन्दर्भमा पनि पुरुषको तुलनामा सक्रिय महिला लगानीकर्ताको संख्या कमै छ । ‘बुल मार्केट’ मा प्रवेश गरी ‘बियर मार्केट’ मा पुग्दा शेयर बजारबाटै पलायन हुने सिजनल लगानीकर्तामा पनि महिलाकै संख्या बढी देखिन्छ । प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्ने महिला लगानीकर्ता मात्रै होइन आफैं सक्रिय रूपमा दोस्रो बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्ने महिलाको संख्या पनि बढ्दो छ ।

दैनीक जिजिकोपार्जन गरेर बचाएको थोरै पूँजी प्राथमिक बजारमा लगानी गर्ने र त्यसको शेयर बिक्री गरी पूँजी निर्माण गर्दै सो पूँजी दोस्रो बजारमा लगानी गर्ने गरी मनग्गे आर्जन गर्ने लगानीकर्ता यो पटक ठूलो संख्यामा देखिएका छन् । नेपालको शेयर बजारकै इतिहासमा छोटो समयमा भएको ठूलो वृद्धिले सम्पूर्ण लगानीकर्ताको यस क्षेत्रप्रतिको आकर्षण बढाएको छ । नेपाली सेयर बजार सम्भाबना बोकेको बजार हो । नेपालको पुँजी बजारमा अझै सक्रिय लगानीकर्ताको संख्या बढ्नै बाँकि रहेको विज्ञहरु बताउछन ।

पुँजी बजारको वारेमा अन्यबाट सुनेको देखेको आधारमा प्राथमिक बजारमा विस्तारै लगानी बढाउदै लगेर दोस्रो बजारमा सम्म प्रवेश गर्ने सक्रिय महिला अझ गृृहणीहरुको चासो बढ्दो छ । तर बजार बढेको बेला अझै बढ्छ भन्ने आशा गरेर कारोवार नगर्ने अनि बजार घटेको बेला आत्तिएर न्युनतम मुल्यमा सेयर विक्री गर्ने कच्चा प्रबृति समय समयमा पाठ सिकाउने गरेको महिला लगानीकर्ताहरु बताउछन् ।

न्युन आय भएका महिलाहरुले पनि चासो दिएर अहिले आफ्नो र आफ्नो परिवारको जिबनस्तर सुधार गर्ने बाटोको सेयरलाई बनाएका छन् । कम आईडिया भएकाले प्राथमीक बजारमै कारोबार गर्ने अनि ज्यादा ज्ञान भएकाहरुले दोस्रो बजारमा पनि हात हालि राम्रो आम्दानी गरी जिबनस्तर सुधारको बाटो बनाईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *