३ अर्ब लगानीमा इटहरीमा पनि सुरु हुदैं भाटभटेनी

२९ श्रावण २०७८, शुक्रबार ०८:३३

 

काठमाडौं । नेपालमा पहिलो पटक डिपार्टमेन्टल स्टोरको परम्परा सुरु गर्ने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिन बहादुर गुरुङले शाखा विस्तारको क्रममा भदौ देखि पुर्वी नेपालको इटहरीमा पनि शाखा विस्तार गर्ने भएका छन् ।

नेपालमा गत बर्षको अन्तिमतिरमा सुरु भएका कोरोना भाइरस र लकडाउनका विभिन्न भ्येरियन्टहरु अझै छन् । कोरोना भाइरस नियन्त्रणका लागि विश्वभर सुरु भएको लकडाउनले अर्थव्यवस्था निकै नै समस्यामा छ । विकसितदेखि उदयमान आर्थिक देशहरुको अवस्था समेत कमजोर छ । कोरोना भाइरस नियन्त्रण गर्नको लागि लागु गरिएको लकडाउनले उनको सोचेको व्यवसायिक यात्रालाई केही समय पछाडि धकेलेपनि गुरुङलाई रोक्न भने सकेन । जग्गा सहित इटहरीमा लगभग ३ अर्बको लगानीमा भाटभटेनी बिस्तार गर्न लागिएको छ ।

इटहरीमा भाटभटेनी डिपार्टमेन्ट स्टोर भदौको दोस्रो साताभित्र संचालनमा ल्याउनको लागि गुरुङ तीन महिनादेखि इटहरीमा नै छन् । इटहरीमा संचालनमा आउन लागेको डिपार्टमेन्ट स्टोरले मात्र ५ सयभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिने छ । भाटभटेनीले डेढवर्षभित्रमा २ हजारभन्दा बढीलाई थप रोजगारी सिर्जना गर्ने छ ।

भाटभटेनीको बर्षभरीको कारोबार लगभग २० अर्बको छ । कारोवार ५० अर्ब पुगेपछि सर्बसाधरणलाई सेयर निष्काशन गर्ने कुरा उनले एक कार्यक्रमका बिच बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *