Banking Khabar
Heading1

गभर्नर नियुक्तिमा नयाँ मापदण्ड, हट्यो उमेर हद

April 1, 2025
सेयर:

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीको मापदण्ड नै सरकारले संशोधन गरेको छ । यहि २४ गते वर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदाअवधि सकिदै छ ।

नयाँ गभर्नर नियुक्तीको प्रक्रिया चल्दै गर्दा सरकारले गभर्नर नियुक्तीको मापदण्ड नै संशोधन गरेर गभर्नरका लागि उमेरहद हटाएको छ । यसअघि उमेरहद ६५ वर्ष तोकिएकोमा अहिले उमेरहद हटाएर मापदण्ड बनाएको छ । अब ६५ वर्ष पुगको व्यक्ती पनि गभर्नरका लागि योग्य हुनेछन् ।

मापदण्डको दफा ३ को ‘ग’ मा उमेरसम्बन्धी व्यवस्था तोकिएको थियो। उक्त व्यवस्थाअनुसार मन्त्रालयअन्तर्गतका सार्वजनिक निकायमा कार्यकारी प्रमुख नियुक्तिका लागि ३० वर्ष उमेर पुगी ६५ वर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था रहेको थियो। अहिले त्यो बुँदा नै हटाइएको छ।

अर्थमन्त्रालय अन्तरगत पर्ने नियुक्ती सम्बन्धी मापदण्ड २०७३ अहिले संसोधन गर्दै मापदण्डको दफा ३ मा गभर्नरका लागि योग्यता सम्बन्धि व्यवस्था छ । उक्त मापदण्डमा दफा ३ मा नियुक्तिको योग्यतामा (क), (ख), (ग) रहेको छ । सो मापदण्डको (ग) भने हटाइएको छ ।