सानीमा लाईफको आइपिओे बाँडफाडको मिती तय

२९ श्रावण २०७८, शुक्रबार ०९:४६

२९ साउन, काठमाडौं । हाल सम्मकै उच्च आबेदन परेको सानिमा लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडको साधरण सेयरको बाडँफाडको मिति साउन ३० गते तय भएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले यो आईपीओको बाँडफाँड गोलाप्रथाद्धारा गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खाली हुनेछ ।

सानिमा लाइफको आइपिओमा माग भन्दा ६ गुना वढि आबेदन परेको थियो । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेको थियो ।

कम्पनीको आर्थिक वर्ष २०७६र७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *