नेप्सेमा निरन्तर सुधार

४ बैशाख २०८२, बिहीबार ०८:४७

नयाँ वर्ष २०८२ लागेपछिका कारोबारमा नेप्सेमा लगातार सुधार आएको छ । अघिल्लो कारोबार दिन पनि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार २७ अंकले बढेको बजार बुधबार ७ अंकले माथि चढेको छ । दुई कारोबारमा दिनमा नेप्से सूचक ३४ अंकले उकालो लागेको हो ।

बुधबार नेप्से परिसूचक ७.०१ अंक बढेर २६९६.२३ विन्दुमा पुगेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार साढे ८ अर्बको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०७ प्रतिशत घटेको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, बाराही हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र राधी विद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने यस दिन सर्वाधिक ५.५५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ५० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने बाराही हाइड्रोपावरको करिब ४३ करोडको शेयर किनबेच भएको छ।

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *