Banking Khabar
Heading2

तोलामा १७ सय बढ्यो सुन

May 22, 2025
सेयर:

बिहीबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँ पुगेको छ ।