Banking Khabar
Heading2

जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

September 8, 2025
सेयर:

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबार हुने जेनजीको प्रदर्शनलाई समर्थन जनाएका छन् ।

सामाजिक संजाल बन्दको विरोधमा सोमबार हुन लागेकोा प्रदर्शनमा मेयर शाहले आफू उक्त प्रदर्शनमा सहभागी हुनका लागि उमेरले नदिए पनि आफ्नो समर्थन भने रहेको सामाजिक संजालमार्फत भनेका छन् ।

‘भोलीको ¥याली स्पष्ट स्वस्फूर्त रुपमा जेनजीको हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ’ मेयर शाहले लेखेका छन्, ‘भोलि यो स्वस्फूर्त ¥यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला ! म उमेर हदको कारण जान मिलेन, तर उहाँहरूको कुरा बुझ्न जरुरी छ, मेरो भरपूर समर्थन छ ।’

‘प्रिय जेनजी भन्नुस् तपाइँहरुले कस्तो देश देख्न चाहनुहुन्छ ?’ मेयर शाहले अन्तिममा यस्तो प्रश्न समेत गरेका छन् ।