कोभिड १९ ले थला परेको नेपालको पर्यटन व्यवसाय

३१ श्रावण २०७८, आईतवार ०८:३७

साउन ३१, काठमाडौं । कोभिड १९ नेपालको मात्र नभएर सिङ्गो विश्को समृद्धिको नै बाधक बनेको छ । नेपाल जस्तो बिकासोन्मुख राष्ट्रको लागी त झन यो महामारी अभिशाप सिद्ध बनेको छ । नेपालको सिङ्गो अर्थतन्त्र नै यसैले गर्दा थला परेको छ ।

नेपालको कमाईको जरिया मध्ये पर्यटन व्यवसाय एक प्रमुख सम्भाबक व्यवसाय हो । नेपाल पर्यटनको राम्रो सम्भावना भएको देश मध्ये एक हो । केहि वर्ष अगाडि घुम्नै पर्ने देशहरुको सुचिमा नेपाल सातौ स्थानमा समावेश भए पछि नेपाल सरकार लगायत दातृ निकायहरुले समेत नेपालको सम्भावित पर्यटन व्यबसायलाई चासो दिन थालेका थिए । विभिन्न धार्मिक महोत्सव, मेला, क्याम्प, क्याइम्बिङ्, भौगोलिक विभिधताका समाचार आदिले नेपालको प्रचारप्रसारमा कुनै कसर छोडेनन् । त्यति मात्र नभएर ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई सरकारले समेत मुख्य प्रथमिकताको रुपमा लिएको थियो त्यतिकैमा कोरोनाको महामारी सुरु भयो र यो कार्यक्रम नै स्थगित गर्नु पर्याे ।

लगभग २ बर्ष देखि नेपालको पर्यटन व्यवसाय थला परेको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि बनाईका नीति कार्यक्रम त विस्थापित भए नै त्यो संगै पर्यटन व्यवसायिहरु मुख्य रुपमा प्रभावित भए । ‘नेपाल भ्रमण वर्ष २०२०’ मा नेपाल घुम्न आउने पर्यटकहरुको सेवा सुविधाका लागि विस्तार गरिएका लक्जरि होटल, होम स्टे, क्याम्पहरु, पर्यटकलाई घुमाएर आय आर्जन गर्न तयार भएमा टुरिस्ट गाईडहरु, ट्राभल एजेन्सिहरु, विभिन्न एयर लाइन्स कम्पनीहरु, यसै कार्यक्रम मार्फत डलर भित्र्याउने दाउमा रहेको सरकारका योजनाहरु लगायतका सबै क्षेत्रहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाबित बनायो ।

पर्यटकलाई पर्खि रहेका स्थानहरु

कुनै बेला खचाखच पर्यटक भित्र्याएर गरिबीको चरम सिमामा रहेको नेपालको गरिबी न्युनिकरण गर्न भुमिका खेल्ने पोखरा, सोलुखुम्वु, मनाङ, मुस्ताङ अहिले शुन्य बराबर छन् । आन्तरिक तथा बाह्य उडान लामो समयसम्म अवरुद्ध हुनुका साथै कोराना भाइरको त्रासले गर्दा पनि यि ठाउँहरु रित्ता भएका हुन । ट्रेकिङको लागि तथा घुम्नै पर्ने नेपालको एक महत्वपुर्ण ठाउँ भनेर भखरै कहलिएको मुगुको ताल, गोसाइँकुण्ड लगाएतका ठाउँहरु फेरी ओझेलमा परेका छन् । पछि चर्चामा आएका हिमाल, ताल, नदिनाला, धार्मिक सम्पदाहरु फेरी ओझलमा परेका छन ।

सरकारको भुमिका कस्तो ?

सरकारले समयमै खोपको व्यवस्था नगरिदिदा , स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्डहरु समेत पालना नगरिदिदा नेपालमा कोरोन भाइरस महामारिको अवस्था झनै बिकराल भएको छ । मृत्युदर बढ्दो छ तर सरकारको न्युनतम स्वास्थ्यका मापदण्दको पालना गर्न जारि गरिएका नियमहरु एकदम फितलो देखिएको छ । भारतसगँको खुुुुल्ला सिमाना नगरिएको कडाईले भावि दिनहरुमा अझै खतरनाक परिणाम नआउला भन्न सकिदैन् । थला परेको अर्थतन्त्र अझै कमजोर हुने सम्भाबना रहन्छ ।

त्यसैले सरकारले बेलैमा प्रभावकारी भुमिका खेलेर कोरोनाको रोकथामका उपायहरु अबलम्बन गर्नु पर्छ । सम्भावित खतरालाई ध्यानाकर्षण गर्दै सिमानामा सक्दो सुरक्षा मापदण्ड अपनाई कडाइका साथ लागु गर्नु पर्छ । पर्यटन व्यवसायिहरुको हालको सम्स्यालाई मध्येनजर गर्दै कर्जा तथा अनुदान सहयोगलाई प्रभाकारी बनाएर लागु गर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *