Banking Khabar
Heading1

जेनजी युवाको आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

September 14, 2025
सेयर:

सरकारले जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका ७२ जनालाई शहीद घोषणा गरी प्रत्येकको परिवारलाई १० लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

नव–नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेको दिनमै यो निर्णयमा हस्ताक्षर गरेकी हुन्। निर्णयको जानकारी मुख्य सचिव एकनारायण अर्यालले आज सार्वजनिक गरे।

उनका अनुसार आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको ज्यान गएको थियो। साथै, १३४ जना प्रदर्शनकारी५७ जना प्रहरी घाइते भएका छन्।

सरकारको भनाइ अनुसार राहत रकम निकट भविष्यमा सम्बन्धित परिवारलाई वितरण गरिनेछ।