जेनजी आन्दोलन क्षतिको बीमा दाबी गर्न नेपाल बीमा प्राधिकरणको आग्रह

३० भाद्र २०८२, सोमबार ०४:५५

काठमाडौं, भदौ ३०, २०८२ – नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षतिपूर्ति दाबी गर्न बीमितहरुलाई आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचनामा गत भदौ २३ र २४ गते भएको आन्दोलनमा बीमालेख अन्तर्गत पर्ने सम्पत्ति वा जीवनमा क्षति पुगेका बीमितले आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा दाबी दर्ता गर्न सक्ने जनाएको छ।

प्राधिकरणका अनुसार, बीमालेखको सर्तबमोजिम बीमा दाबी भुक्तानी पाउने कानुनी व्यवस्था स्पष्ट छ। साथै, बीमा कम्पनीले तोकिएको अवधिभित्र दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारणमा ढिलाइ गरेमा वा बीमितलाई अनावश्यक मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा, पीडित बीमितले बीमा प्राधिकरणमा उजुरी गर्न सक्ने व्यवस्था सूचनामा उल्लेख छ।

यस पहलले आन्दोलनका क्रममा भएको क्षतिपूर्ति दाबी प्रक्रिया सहज हुने प्राधिकरणको अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *