सुनको मूल्य तोलामा १ हजारले वृद्धि

३१ श्रावण २०७८, आईतवार ०९:०९

साउन ३१, काठमाडौं । गत साता लगातार ओरालो लागेको सुनको मूल्य आइतबार तोलामा १ हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दा गत बुधबार सुन प्रतितोला ८८ हजार ८ सयसम्म आइपुगेको थियो।

५ सय बढेर बिहीबार ८९ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको थियो भने शुक्रबार ३ सयले बढेको थियो।

आइतबार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ भएको छ। गत शुक्रबार ११ सय ८५ थियो। गत बुधबार र बिहीबार चाँदी ११ सय ९० रुपैयाँ प्रतितोलामा स्थिर थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds