सेयर बजारले रच्यो नयाँ इतिहास, कारोबार रकम २० अर्ब भन्दा बढि

३१ श्रावण २०७८, आईतवार ०९:५४

साउन ३१, काठमाडौं । सेयर बजारमा आज एकै दिन २० अर्ब भन्दा बढि कारोबार भएर नयाँ इतिहास कायम भएको छ । आइतबार मात्रै १ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रूपैयाँको सेयर कारोबार भएको छ ।

चालु आर्थिक बर्षको लागि राष्ट्र बैंकले पारित गरेको मौद्रिक नीतिले सेयर धितोमा जाने ऋणको सीमा अधिकतम १२ करोड तोकिदिएको छ भने सेयर मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने विद्यमान व्यवस्थालाई कायमै राखेको छ । मौद्रिक नीति पछिको पहिलो कारोबार आइतबार नेप्से परिसूचक भने घटेको छ ।

कारोबार खुलेको केहि मिनेट सम्म नेप्से परिसुचक बढेता पनि त्यसपछि पुन ः घट्न सुरु भएको र बन्द हुदा सम्म पनि घटेकै अवस्थामा रहयो ।

आइतबार माइक्रोफाइनान्स र उत्पादन मूलक कम्पनीहरु रहेको समूहगत सबइन्डेक्स बढेर ग्रीन देखिएको छ भने बाँकी सबै घटेका छन् । नेप्से परिसूच घटे पनि कारोबार रकममा भने नयाँ उत्साह देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *