अफगानस्तानमा रहेका नेपालीहरुको उद्दार गर्न संसदको निर्देशन

३१ श्रावण २०७८, आईतवार ११:२३

 

साउन ३१, काठमाडौं । पछिल्लो समय अफगानस्ताको अवस्था तनावग्रस्त बनेसगैं त्यहाँ फसेका नेपालीहरुलाई तत्काल उद्धार गर्न संसदको अन्तराष्ट्रिय समितीले निर्देशन दिएको छ ।

हाल अफगानस्तानको राजधानी लगायतका मुख्य शहरहरुमा अलकायदाको नियन्त्रणमा रहेको खबरहरु आइरहेका छन् । सरकार पक्ष र विद्रोही समुहबीच अहिले युद्ध चलिरहेको बताइएको छ । त्यहाँ रहेका नेपाली कामदारहरु भने आतंकित बनेका छन् ।

यसअघि औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले समितिमा बताएका थिए ।

आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको थियो जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *