Banking Khabar
Heading2

आज देशैभरी थपिए २२१२ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

August 15, 2021
सेयर:

साउन ३१, काठमाडौं । पछिल्लो २४ घण्टामा २,२१२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको विवरण अनुसार शनिवारको तुलनामा आइतवार संक्रमित हुनेको संख्या केही घटेको छ ।

आज काठमाडौंमा ५२२, ललितपुर १४५, भक्तपुर ६३ गरी उपत्यकामा ७६३ जना नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा आज शनिवारको तुलनामा संक्रमितको संख्या घटेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ ।

आज थपिएका ३३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ । शनिवारको तुलनमा आज मृत्यु हुनेको संख्या बढेको हो ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३५ हजार १८ जना होम आइसोलेशन र ४,२८० जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७५८ जना र भेन्टिलेटरमा १९३ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या शनिवार भन्दा बढी हो ।