मौद्रिक नीतिलाई हतोत्साहित गर्दै सेयर बजार उकालो लाग्दै
साउन ३२, काठमाडौं । मौद्रिक नीतिलाई बेवास्ता गर्दै सेयर बजारले उकालो यात्रा तय गरेको छ । साउन महिनाको अन्तिम दिन आज सोमबार सेयर बजार हरियो भएर बन्द भएको छ ।
शुक्रबार सार्वजानिक भएको मौद्रिक नीतिले ठुला लगानीकर्तालाई हतोत्साहित पारेता पनि सेयर बजार र नेप्सेको उछाल भने अन्तिम मिनेटसम्ममा सूचक हरियो नै भएर बन्द भएको छ । आजको कारोबार रकम १६ अर्ब नजिक पुगेको छ ।
मौद्रिक नीतिमा पुँजी बजारलाई हेर्ने दृष्टिकोष अत्यन्तै दुरासय पुर्ण र पश्चगामी कदम भएको भनी लगानीकर्ताहरूले सेयर कर्जा सिमाको विरोध गर्दै सेयर कर्जाको सिमालाई सिघ्र सच्याई पुर्व अवस्थामा नै पुर्याउन अर्थमन्त्रीबाट निर्देशन जारी गर्न अर्थमन्त्रीलाई अनुरोध गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले सेयर कर्जा सिमाको विरोध गर्दै अर्थ मन्त्रालय पुगेका लगानीकर्ताहरूलाई बजारलाई नकारात्मक प्रभाव पार्ने कुनैपनि कुरा हुन नदिने आश्वासन दिएका छन् ।
तर आज फेरि सेयर बजारमाथि चढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.७२ अंकले बढेर ३१६०.०५ विन्दुमा पुगेको छ । नेप्से ०.१८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा पुगेको छ ।
कूल २२७ वटा कम्पनीको २ करोड ८६ लाख १७ हजार ८ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।