लक्ष्मी बैंकको १३४औं शाखा रौतहटको गरुडामा

३२ श्रावण २०७८, सोमबार १२:१०

३२ साउन, काठमाडौं । लक्ष्मी बैंकले रौतहटको गरुडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३४औं शाखा रौतहटको गरुडा नगरपालिकाको वडा न. ४ मा संचालनमा ल्याएको छ ।

यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३४ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *