आर्थिक–व्यावसायिक वातावरण सुधार्दै लगानी अभिवृद्धि गर्न अध्यादेश : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिृवृद्धि गर्न अध्यादेश मार्फत संशोधन गरेको बताएका छन् । संसद‍्‍मा शुक्रबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी १२, भूमि तथा वनसम्बन्धी ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन


दुई कम्पनीको ४५ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (आज) दुई कम्पनीको कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४२ लाख ९६ हजार कित्ता र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ लाख २८ हजार ८२६ कित्ता गरेर कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


अपर अरुण जलविद्युत आयोजनाका लागि विश्व बैंकबाट वित्तीय स्रोत जुट्नेमा आशंका

१०६३ मेगावाटको अपर अरुण जलविद्युत आयोजनाका लागि विश्व बैंकबाट वित्तीय स्रोत जुट्नेमा आशंका उत्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त परियोजनामा विश्व बैंकले लगानी नगरे स्वदेशी पूँजीबाट बनाइने बताएका छन् । उक्त परियोजनामा भारतले आफै लगानी गर्न इच्छा प्रकट गर्दै विश्व बैंकलाई लगानी नगर्न लबिङ गरेको समाचार केही समयअघि सार्वजनिक


शिलान्यास गर्दा दमक भ्यु टावर, उद्घाटन गर्दा व्यापारिक कम्प्लेक्स

प्रधानमन्त्री केपी ओलीले आइतबार झापाको दमक नगरपालिका– ३ मा बनेको १८ तले भ्यु टावरको उद्घाटन गरेका छन् । निर्माण सम्पन्न हुँदासम्म सहरी विकास मन्त्रालयले दमक भ्यु टावरको नाममा बजेट विनियोजन गरेको थियो । तर, भ्यु टावरको आलोचना भएपछि भने उद्घाटनका क्रममा नाम फेरेर दमक व्यापारिक कम्प्लेक्स राखिएको छ । उद्घाटनका क्रममा ओलीले ‘भ्यु’ मात्र हेर्ने टावर भनेर आलोचना


बिआरआई सम्झौतामा ऋण लिने भनेर कतै लेखिएको छैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकार र चीनबिच हालै सम्पन्न बिआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट परेकी छिन्। नेपाल र चीनबिच हालै भएको उक्त सम्झौताका बारेमा नेपालमा बुझ्दै नबुझी टीकाटिप्पणी भइरहेको उनको भनाइ थियो। इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आइसिजे) मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट धारणा राख्न नेदरल्यान्ड प्रस्थान गर्नुअघि


साल्ट ट्रेडिङ कर्पोरेशन वार्षिकोत्सव विशेष : अनवरत सेवामा, विपद्मा पनि सहज सेवा, थुप्रै पुरस्कार तथा सम्मान

नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलका रूपमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आज (बिहीवार) ६२औं वार्षिकोत्सव मनाउँदै छ । नेपालमा सार्वजनिक संस्थानहरूले त्यति राम्रो उपलब्धि हासिल गर्न नसकिरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भने आफूलाई सफल संस्थानको रूपमा स्थापित गराउन सफल भएको छ । दशकौंदेखि सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु विक्री गरेर मुलुकको


बैंक ग्राहकको पहिचानसम्बन्धी सूचना आदानप्रदान गर्न छुट्टै संरचना

बैंक, वित्तीय संस्थाका ग्राहकहरूको पहिचानसम्बन्धी सूचना आदानप्रदान गर्नका लागि छुट्टै संरचना बन्ने भएको छ । कर्जा सूचना केन्द्रकै मोडलमा छुट्टै संस्था निर्माण गरी त्यसैमार्फत ग्राहक पहिचानको सूचना आदानप्रदान गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा केन्द्रीय ग्राहक पहिचान प्रणाली (सेन्ट्रलाइज्ड केवाईसी) निर्माण गरी कार्यान्वयन गर्ने घोषणा गरेको


सेयर कारोबारमा सुधार, अब चलायमान हुने अपेक्षा

कार्तिक महिनामा घरजग्गाको कारोबार बढेसँगै त्यसबाट संकलन हुने राजस्व पनि वृद्धि भएको छ । २०८१ कार्तिक महिनामा घरजग्गासम्बन्धी ९७ हजार १ सय ९६ वटा कारोबार भएका छन् । जसमध्ये ३३ हजार ५ सय ११ वटा लिखत पारित भएको छ । गत वर्षको कार्तिक महिनामा घरजग्गासम्बन्धी ७७ हजार १८५ वटा कारोबार हुँदा २६ हजार ४६ वटा


सहकारी ठगी मुद्दामा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पुन: पोखरा लैजाने तयारी

सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुन: पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेका लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप


छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै, वस्तुको मूल्य उच्च हुँदा उपभोक्ता मारमा

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित प्रसिद्ध बरूण सरोवर छठ पूजाका लागि सजाइँदै । राजविराज (सप्तरी) । छठमा प्रयोग गरिने वस्तुको मूल्य उच्च हुँदा उपभोक्ता मारमा परेका छन् । छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडाकुँडाको सामानको मूल्य दोब्बर