पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित

बाँके– निजी क्षेत्रको प्रयासबाट पहिलो पटक नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज सुरु गरिएको उडान सेवा नियमित भएपछि यहाँका निजी क्षेत्र र पर्यटन व्यवसायी उत्साहित भएका छन् । पश्चिम नेपालको बाँके र बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले दुई महिनाअघि सुरु गरिएको नेपालगन्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढदै गएपछि उडान सङ्ख्या थप गरिँदै लगिएको हो


कोभिडविरुद्धको खोप लगाएका पर्यटकलाई ‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

काठमाडौँ – पर्यटन क्षेत्रका अगुवा संगठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटल सङ्घ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरलगायत १४ संस्थाले संयुक्त


हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाडौं– नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ। नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने उक्त जीवनदायी मेसिन राखिएको विज्ञप्तिमार्फत जनाएको छ। अब हिमालयका जहाजमा यात्रा गर्दा विगतभन्दा निकै


दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउँदै एयरलाइन्स

काठमाडौं– चाडपर्वलाई लक्षित गरी अन्तरिक उडानतर्फ अग्रमि टिकट बुकिङ खुला गरिने भएको छ। यात्रुको सहजताका लागि वायुसेवा सञ्चालक संघले असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो। आगमी शुक्रबार बैठक बसेर यससम्बन्धी निर्णय गरिने संघका प्रवक्ता योगराज कँडेलले बताए।


६ वटा हिमाल आरोहण गर्न २३० जनाले पाए अनुमति, २ करोड ३० लाख रोयल्टी संकलन

काठमाडौं- यो वर्षको शरद ऋतु (अटम सिजन)मा विभिन्न ६ वटा हिमाल आरोहणका लागि २३० जनाले अनुमति लिएका छन्। पर्यटन विभागले २५ वटा टोलीबाट आरोहण गर्न उनीहरुलाई अनुमति दिएको हो। विभागका अनुसार मंगलबार (सेप्टेम्बर १४) सम्म अनुमति लिनेमध्ये ५२ जना महिला र १७८ जना पुरुष आरोही रहेका छन्। सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि १७ टोलीबाट १७१ जनाले


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा

काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ। विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति पनि ७७ प्रतिशत भइसकेको हो। अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए। उनका अनुसार आइसीपी जिरो–२ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए


संकटमा रहेको पर्यटन क्षेत्र पुनरोत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छः वरिष्ठ उपाध्यक्षढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताउनुभएको छ । मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई समाधान


आन्तरिक पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्दै सौराहाका होटल व्यवसायी

चितवन– कोरोना महामारीका कारण लामो समय बन्द भई सञ्चालन गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेका छन्। व्यवसाय पुनरुत्थान तथा आन्तरिक पर्यटकलाई सौराहा सुुरक्षित छ भन्ने सन्दृश दिन प्याकेज सार्वजनिक गर्न थालिएकोसौराहाका युवा व्यवसायी सुमन घिमिरेले बताए। जंगल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दशैँ–तिहार सौराहा अफर सार्वजनिक गरेका छन्। दुई रात


आठ महिनामा ६६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए

१९ भदौँ, काठमाडौं । सन् २०२१ को ८ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् । अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महिना


वायु सेवा निगम सुधारका लागि समिति गठन गर्न अर्थ मन्त्रालयको सुझाव

काठमाडौं- नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति