५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय
Heading1
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय गरेका छन् । नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गर्दै उनले पहिलो निर्णय स्वरुप नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए ।मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जाने उनले बताए ।
गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए ।
सम्बन्धित खबर
व्यापार घाटा कहिलेसम्म ? दुई खर्बको आयात हुँदा २८ अर्बको निर्यात
२७ मंसिर २०८२, शुक्रबार
बैदेशिक रोजगार बचतपत्रको ब्याजदर हालसम्मकै उच्च
२७ मंसिर २०८२, शुक्रबार
धितोपत्र बोर्डको अध्यक्षका लागि मागियो आवेदन, के चाहिन्छ योग्यता?
२७ मंसिर २०८२, शुक्रबार
