माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१ भदौ, काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।
उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।
कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव र कलिला खातुन रहेका छन् ।
१४ सांसदलाई कारबाही गरेकाले पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ ।
सम्बन्धित खबर
कोपोमिसमा विवरण नभरेका सहकारीले घरजग्गा रोक्का तथा फुकुवा गर्न नपाउने
१९ मंसिर २०८२, बिहीबार
सार्वजनिक हुदैँ सामसङ ग्यालेक्सी एस–२१ एफइ
१९ मंसिर २०८२, बिहीबार
विद्युतीय कारोबारमा ठगी बढ्याे, सावधानी अपनाउन राष्ट्र बैंकको ७ बुँदे सुझाव
१९ मंसिर २०८२, बिहीबार
