टाटाको भेईकल्स खरीद गर्नेलाई महालक्ष्मी बैंकबाट ऋण सुविधा
बैंकिङ
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
भदौ ४, काठमाडौं । महालक्ष्मी विकास बैंकले कमर्सियल भेइकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा प्रवाह गर्ने भएको छ।
बैंकले सिप्रदि ट्रेडिङ प्रा.लिसँग सम्झौता गरेको सम्झौता अनुसार सिप्रदि ट्रेडिङबाट ग्राहकले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा पाउने छन्।
ग्राहकलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ। बैंकले मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ।
बैंकका देशभर रहेका १०३ वटा शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध हुने छ।
