राष्ट्र बैकको तरलता सम्बन्धी नयाँ निर्देशनले बैकलाई कस्तो असर पार्छ ।

Heading1 BusinessSarokar | २२ पुष २०८२, सोमबार
नेपाल राष्ट्र बैकले निक्षेप संकलन सम्बन्धि निर्देशन परिवर्तन गरेको छ।
1. बैकको निक्षेप (Bidding) को आधारमा लिने निक्षेपको ब्याजदर परिवर्तन मासिक गर्न सकिने। यस अघी तिन महिनासम्म यस्तो ब्याज परिवर्तन गर्न पाईदैनथ्यो।
2. बैंक तथा बित्तीय संस्थाहरुले मुद्दति निक्षेप को अधिकतम ब्याजदरको औषत निकालेर सो मा बढिमा 10% बृद्दि गरेर मात्र ब्याजदर प्रकाशित गर्नुपर्नेछ। पहिले आफ्नो बैंक ले प्रकाशित गरेको ब्याजदरमा 10% थप गरि गर्न पाइने ब्यबस्था थियो।
3.ब्याक्तिगत मुद्दति निक्षेप मा 0.50% थप गरेर दिन पाउने ब्यबस्था हटाईयो। अब बैकहरुलाई ग्राहक हेरी 0.50% थप ब्याजदर दिन पाउने छैनन।
4. आफुसंगै रहेको निक्षेप मा पुन बोलकबोल गर्नु परेमा 0.10% सम्म थप गरि निक्षेप संकलन गर्न पाईनेछ।
यसको असर:
1.बैकहरु ले आफुखुशी ब्याजदर प्रकाशित गर्न पाउने छैनन। सबै बैकहरुको संस्थागत निक्षेप को ब्याजदर बढिमा 9.05% को हाराहारी हुने देखिन्छ भने ब्याक्तिगत निक्षेपको ब्याजदर बढिमा 10.05% हाराहारी हुने देखिन्छ।
2. बोलकबोलको निक्षेप जुन बैंकसंग छ त्यहि त्यहि बैंक मै नबिकरण हुने अबस्थालाई देखिन्छ। यसले गर्दा बैकहरुको निक्षेप तानातान भएर CD नै नाघ्ने अबस्थामा अली सहजता हुनेछ।
3. बैंक हरुले एउटै प्रकारको निक्षेप मा पनी मागेमा 0.50% थप्ने नत्र कम दरमा नै निक्षेप लगिदिने काम बन्द भएको छ।
यसले हालको निक्षेप रु 47.91 खर्ब र कर्जा रु. 45.35 खर्ब सहितको बैकिङको CD ratio 89.95% लाई कुनै सहजता प्रदान गर्ने होइन तत्कालै बैंकिंग को ब्याज दर निर्धारण को guidelines मात्र दिएको देखिन्छ। CD Ratio सहजता प्रदान गर्न अर्को निर्देशनको अपेक्षा गरिएको छ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp