लगातार दोस्रो दिन पनि सेयर बजारमा करेक्सन, तीन दिनमा १२२ अंकले घट्यो नेप्से

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

भदौ ९, काठमाडौं । ३२०० विन्दुनजिक पुगिसकेको सेयर बजार लगातार दुई दिन फराकिलो अन्तरले घटेको छ। गत विहीबारदेखि नै घट्न थालेको शेयर बजार बुधबार पनि झण्डै ५० अंकले घटेर बन्द भएको छ।

गत तीन कारोबार दिनमा नेप्से सूचक १२२.५८ अंकले घटिरहेको छ। बुधबार पनि नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि साढे ९ अंकले झरेको छ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि अत्याधिक घटेको छ। २२७ कम्पनीका एक करोड ९५ लाख कित्ता सेयर १२ अर्ब रुपैयाँमा किनबेच भएका छन्। मंगलबार भने १६ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो। यस दिन ८ अर्ब ५० करोड ६७ लाख ८१ हजार ४१४ रुपैयाँ बराबरको १ करोड ३३ लाख ७९ हजार ८४७ कित्ता शेयर कारोबार भएको छ।

बुधबार पनि कारोबारमा हाइड्रोपावरकै बर्चस्व देखिन्छ। यस दिन अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै ४८ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने रिद्धि हाइड्रोपावरको ४८ करोड ७० लाख, अरुण भ्याली हाइड्रोपावरको ४६ करोड ७१ लाख र नेशनल हाइड्रोपावरको ३६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp