अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट निःशुल्क रेमिट्यान्स पठाउन सकिने
१७ भदौँ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ
बैंकले बुधबार देखी कात्तिक १४ गतेसम्म लागू हुनेगरी मोबाइल बैंकिङ एपमार्फत निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । बैंकले ल्याएको सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरुप मोबाइल बैंकिङ एपमार्फत आन्तरिक रेमिट्यान्स देशभर जुनसुकै स्थानबाट सहज रुपमा पठाउन सकिने छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो मोबाइल बैंकिङ्ग एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको मोबाइल बैंकिङ्ग एप भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिने बैंकले जनाएको छ ।
सम्बन्धित खबर
कोरोनाको तेस्रो लहर मत्थर भएसँगै लापर्बाही बढ्यो, खोप लगाउन समेत बेवास्ता
१९ मंसिर २०८२, बिहीबार
२६ वाणिज्य बैंकमध्ये २३ बैंकले गरे लाभांश घोषणा, कसको कति?
१९ मंसिर २०८२, बिहीबार
महामारी नियन्त्रण कोषलाई कुमारी बैंकको सहयोग
१९ मंसिर २०८२, बिहीबार
