दिगो पर्यटन उत्थानका लागि पर्यटन बोर्ड र टानबीच सम्झौता

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं- नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्ड र टानबीच  जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो। कार्यक्रममा बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे। उनले राज्यले ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैंमा उदाहरणीय काम भएको बताए। उले नेपाल एउटै भएकोले विदेशमा गएर प्रचारप्रसार गर्दा एकै प्रकारको प्रचार गर्न अनुरोध गरे।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासका लागि समूहगत रुपमा काम गरिरहेको बताए। उनले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमिकहरुको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए। पर्यटन बोर्डसँगको यो सम्झौताको काम टानले दत्तचित्त गर्ने बताउँदै अध्यक्ष सुवेदीले सबैलाई जोडेर अन्तिममा गोल हान्ने काम टानको हातमा रहेको बताए।

उनले टानले अब ढिला नगरी नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवर्द्धनको कामलाई अघि बढाउने बताए। टानले के गर्‍यो भन्ने प्रश्न आइरहेको बताउँदै अध्यक्ष सुवेदीले टान सम्बन्धित सबै निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp