फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा
Heading3
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
२० भदौँ, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार सम्पन्न संचालक समिति आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
भदौ १९ गते बसेको माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ रहेको यस माइक्रोफाइनान्सका चुक्ता पूँजीे बोनस शेयर वितरणपश्चात ९६ करोड ४४ लाख ९२ हजार ३२० रुपैयाँ पुग्नेछ।
