नेप्सेमा पहिरो : गत साता करिब ५१ अंकको गिरावट

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– गत साता सेयर बजार (नेप्से) परिसूचक ५१ अंकले घटेको छ। अघिल्लो साता २९२६.८९ विन्दुमा बन्द भएको परिसूचक गत साता ५०.९२ अंक घटेर २८७५.९७ विन्दुमा पुगेको छ।

साताका ५ कारोबार दिनमध्ये ४ दिन बजार ओरालो लागेको थियो। गत आइतबार नेप्से ५ प्रतिशत घटेर नकारात्मक सर्किट नै लागेको थियो। गत सोमबार भने नेप्से करिब ६ प्रतिशतले बढेको थियो।

गत साता सेन्सेटिभ इण्डेक्स ६.४८ अंक घटेर ५३५.२९ विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स ३.८३ अंक घटेको छ।

नेप्सेसँगै गत साता कारोबार रकममा पनि कमी आएको छ। साताभर ४२ करोड २५ लाख रुपैयाँ बराबरको ८ करोड ६७ लाख कित्ता सेयर कारोबार भएको छ।

गत साता नेप्सेसँगै कुल बजार पूँजीकरणमा समेत कमी आएको छ। अघिल्लो साता ४० खर्ब ८९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण गत साता ६४ अर्बले घटेको छ।

गत साता १३ उपसमूहमध्ये २ उपसमूहबाहेक सबैको परिसूचक ओरालो लागेको छ। गत साता हाइड्रोपावर र अन्य उपसमूहको परिसूचक बढेको छ।  गत साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.१२ प्रतिशत घटेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp