डिप्रोक्स लघुवित्तले २१ प्रतिशत लाभांश दिँदै
Heading2
BusinessSarokar
|
१५ पुष २०८२, सोमबार
काठमाडौं– डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत लाभांश दिने भएको छ।
लाभांशसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तको साधारण सभा चितवन गार्डेन रिर्सोट, भरतपुरमा हुँदै छ।
सभाले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ।
साथै सभाले संस्थाको साधारण सेयरधनीमध्येबाट ३ जना सञ्चालकसमेत निर्वाचन गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले असोज १२ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ११ गतेसम्म कायम सेयरधनीले मात्र लघुवित्तको लाभांश प्राप्त गर्न सक्नेछन्।
