पोखरा फाइनान्सको थप दुई नयाँ शाखा विस्तार
फाइनान्स
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
४ असोज, काठमाडौं । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं.१ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औं र २४ औं शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
राष्ट्रिय स्तरको वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको लागी विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्य अनुरुप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरु खोलिएको फाइनान्सले जनाएको छ ।
यस शाखाहरु मार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोवाइल बैकिङ, सिआस्वा, आइपिएस, चेक क्लियरिङ रेमिटेन्स लगायत अन्य आधुनिक बैकिङ सेवाहरु प्रवाह गरिने वित्तीय संस्थाले जनाएको छ ।
सम्बन्धित खबर
गरिमा विकास बैंक १६ औं वर्षमा प्रवेश, गर्यो क्रेडिट कार्ड सेवाको सुभारम्भ
१९ मंसिर २०८२, बिहीबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन
१९ मंसिर २०८२, बिहीबार
सिटिजन्स बैंकले शुरु गर्यो ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा
१९ मंसिर २०८२, बिहीबार
