हुन्डाइको एक्साभेटर खरिदमा तीन लाख नगद छुट पाइने
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– हुन्डाइले चाडपर्वलक्षित योजना सार्वजनिक गरेको छ। जसअन्तर्गत आर२२०एलएस एक्साभेटर खरिद गर्दा तीन लाख नगद छुट दिइने कम्पनीले जनाएको छ।
यस्तै, ४३ इन्चको एमआई टिभी प्रो, दुई हजार घण्टासम्म फ्रि फिल्टर किटको सुविधा पनि दशैं तिहार योजनामा समावेश गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु विगत लामो समयदेखि बिक्री गर्दै आइरहेको छ। यो योजना असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म देशभर लागू हुने बताइएको छ।
हुन्डाइका हेभी उपकरणहरुमा शक्तिशाली एवं भरपर्दो इन्जिन राखिएको कम्पनीले बताउने गरेको छ। यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो वकेट, कतिपय मोडेलहरुमा वातानुकुलित क्याबिन, न्यूनतम मूल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने कम्पनीको भनाइ छ।
साथै, कम्पनीले २४सै घण्टा, सातै दिन घरदैलो सेवा प्रदान गर्ने सुविधाहरु पनि उपलब्ध गराइएको बताइएको छ।
सम्बन्धित खबर
कामना सेवा बैंकद्वारा श्री जनशक्ति प्राथमिक विद्यालय मा सुईटर तथा मोजा वितरण
१९ मंसिर २०८२, बिहीबारबिजुलीकाे बजार हाेइन, खपत हुने क्षेत्र खाेज्नुपर्छ : अर्थमन्त्री शर्मा
१९ मंसिर २०८२, बिहीबार
नवनियुक्त अर्थमन्त्रीको पहिलो निर्णय : नगद प्रवाह योजना तर्जुमा समिति गठन
१९ मंसिर २०८२, बिहीबार
