कृषि विकास बैंकको सञ्चालक सदस्यमा रमेशकुमार केसी नियुक्त
बैंकिङ
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
७ असोज, काठमाडौं । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि विकास बैंक सञ्चालक समितिको संचालक सदस्यमा रमेशकुमार केसी मनोनयन भएका छन । नेपाल सरकार मन्त्रिस्तरीय निर्णयानुसार बैंकको सञ्चालक समितिको सदस्यमा केसी मनोनयन भएका हुन् ।
सरकारी सेवामा लामो अनुभव हुनुका साथै हाल अर्थमन्त्रालय अन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत केसीलाई सदस्यमा नियुक्त गरिएको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार नवनियूक्त सञ्चालक सदस्य केसीलाई बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराए ।
सम्बन्धित खबर
एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’: साउन मसान्तसम्म निरन्तरता
गरिमा विकास बैंकको बृहत् वृक्षरोपण कार्यक्रम, टोखा चण्डेश्वरी अस्पताल परिसरमा रोपियो २०० बोटबिरुवा
अब घरमै बसेर सिद्धार्थ बैंकमा मुद्दति खाता खोल्न सकिने
