ईपीएलमा एनसेल फोरजीको साथ
काठमाडौं- भोलिदेखि सुरु हुने ‘एभरेस्ट प्रिमियर लिग (ईपीएल)’मा एनसेल फोरजीले साथ दिने भएको छ। यस संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आबद्ध भएको कम्पनीले जनाएको छ।
आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत मानिसहरूमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिएको छ। हालको अफ्ठ्यारो समयले गर्दा धेरै मानिसहरू विभिन्न सामाजिक गतिविधिबाट अलग्गिएका छन् र यस्तो समयमा एनसेल आफ्ना ग्राहकहरुसँग डिजिटल माध्यमबाट जोडिरहन चाहन्छ। ईपीएलले लामो समयदेखि घरमै रहेका मानिसहरूका लागि ठूलो राहत ल्याएको छ। क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्ने छन्।
क्रिकेट प्रतिभाहरूका लागि महत्त्वपूर्ण मञ्च सिर्जना गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिभाहरूसँग जोड्ने उद्देश्य ईपीएलको छ। सन् २०१६ देखि सुरु भएको यो यात्रा अहिले विश्वको ठूलो क्रिकेट लिगमध्ये एक भएको छ। यो खेल विश्वका १५५ देशमा प्रसारण हुने तयारी छ र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछ। ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलोपटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो।
ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न ईपीएल-एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ।
सम्बन्धित खबर
नेशनल लाइफद्धारा चार मृतकका परिवारलाई ७८ लाख ७५ हजार बीमा दाबी भुक्तानी
१९ मंसिर २०८२, बिहीबार
इरानी परमाणु वैज्ञानिकको हत्या रिमोर्ट कन्ट्रोल मेसिनगनबाट : रिपोर्ट
१९ मंसिर २०८२, बिहीबारगरिमा विकास बैंकको नायब सीईओमा अनिल रेग्मी नियुक्त
१९ मंसिर २०८२, बिहीबार
