थाहा पाउनुहोस् फोनपे मार्फत दुई लाखसम्म पठाउँदा कति रुपैयाँ शुल्क लाग्छ
काठमाडौँ – भुक्तानी प्रणाली सञ्चालक फोनपे मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा १० रुपैयाँ मात्र सेवा शुल्क लाग्ने भएको छ।
फोनपे डाइरेक्टमार्फत एक सयदेखि दुई लाखसम्म ट्रान्स्फर गर्दा १० रुपैयाँ शुल्क लाग्ने भएको हो।
यसअघि रकमको परिमाणअनुसार शुल्क लाग्दै आएको थियो।
फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ।
नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरेर रकम पठाउन सकिन्छ।
नेटवर्कमा ६० बैक तथा वित्तीय संस्था आवद्ध छन्। यस्तै हालसम्म पाँच लाखबढी मर्चेन्ट छन्। एक करोड ३० लाखबढी
मोबाईल बैंकिङ प्रयोगकर्ता रहेको कम्पनीको भनाई छ।
कम्पनीका अनुसार ४५ लाखभन्दा बढी भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा दिँदै आएको छ।
सम्बन्धित खबर
विश्व अर्थतन्त्रमा संकटको संकेत, वृद्धि ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण
१९ मंसिर २०८२, बिहीबार
लिफ्ट दिएका चालकलाई ढुंगाले हानेर बेहोस बनाइ १३ लाख लुटपाट गर्ने व्यक्ति पक्राउ
१९ मंसिर २०८२, बिहीबार
