कामना सेवा विकास बैंकको ‘केए डिजी’ सञ्चालनमा, यस्ता छन् विषेशता

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

८ असोज, काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका महानुभावहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलोड गरी केएस डिजी वालेट खोल्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गरेका हुन् । यस डिजिटल वालेट खोल्न एपमाFace Recognition  गर्न सक्ने Artificial Intelligence को प्रयअजोग भएको छ । साथै, Account Opening, Loan Application, Inter Operable QR, mCash लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।

हालसम्म बैंकले १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp