Banking Khabar
Heading2

दाङको लमहीमा मेगा बैंकको शाखा

September 26, 2021
सेयर:

काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले आइतबारबाट दाङको लमहीमा शाखा सञ्‍चालनमा ल्याएको छ।

लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा सञ्‍चालनमा ल्याएको हो। योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ।

यसै आर्थिक वर्षमा बैंकले थप १३ वटा शाखा सञ्‍चालनमा ल्याइसकेको छ। निकट भविष्यमै थप तीन वटा शाखा सञ्‍चालनमा ल्याउने बैंकले जानकारी दिएको छ।